रहेनन् र्‍याडिसन होटलका अध्यक्ष गोविन्ददास

Govindadas
लाेकपाटी न्यूज

काठमाडौं, २५ पुस । र्‍याडिसन होटलका अध्यक्ष गोविन्ददास श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ । पर्यटन क्षेत्रका पायोनियर मानिने श्रेष्ठ पाँच महिना अघिदेखि श्वासप्रश्वासमा समस्या आएपछि भारतस्थित लिलावती अस्पतालमा उपचारत थिए ।

उनको बुधबार बिहान पौने ६ बजे निधन भएको हो । उनले नेपालमा ट्राभल एण्ड टुर्स व्यवसायलाई संस्थागत गरेको मानिन्छ ।

सन् १९६८ मा नेपालमा पर्यटन विकासको ढोका खुलेको थिएन। सगरमाथा लगायत हिमालयका श्रृङ्खलाका कारण पश्चिमा देशमा नेपालको नाम पुगेपनि व्यवसायिकताको भने सुरुवातनै हुन सकेको थिएन।

उनले हिमालयन ट्राभल एण्ड टुर्सका माध्यमबाट ट्राभल एजेन्सी स्थापना गरे । यसको केही समयपछि भान्जा विके श्रेष्ठले नेतृत्व लिए । मामा जिडी र बिके मिलेर अरु धेरै संस्थाको सुरुवात गरे ।

उनकै पहलमा नेपालमा अन्तर्राष्ट्रिय चेन होटल र्‍याडिसनसमेत भित्रियो । बिकेको गत वर्ष निधन भयो । उनी र्‍याडिसन होटलका प्रबन्ध निर्देशक थिए । माओवादीको जनयुद्ध सुरु भएका बेला जिडी र बिके मिलेर र्याडिसन होटल बनाएका थिए ।