‘गोविन्द केसी षड्यन्त्रकारीको गोटी बने’ : योगेश भट्टराई

Yogesh Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २६ पुष । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले डा. गोविन्द केसी नेपाललाई असफल राष्ट्र बनाउनेको चंगुलमा फसेको टिप्पणी गरेका छन् । उनले केसीले विधेयक नै राम्रोसँग नपढी अनसन शुरु गरेकोसमेत टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालबाट गोविन्द केसीको निम्न स्तरको भाषा प्रयोग गरी निकालेको विज्ञप्तिको जवाफ दिँदै नेता भट्टराईले डा. केसीलाई गुमराहमा राखेर फेरि अनसन बसाएको बताएका छन् । नेता भट्टराईले लेख्छन्, ‘चिकित्सा शिक्षा विधेयक त बहाना मात्र थियो भन्ने कुरा आज अनसन बस्नुअघि प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष प्रचण्ड, नेताहरु र नेकपाका बारेमा डा. केसीका मूखबाट बक्न लगाइएका तुच्छ आरोप र घटिया शब्दहरुले स्पस्ट हुन्छ । यो नेपाल राष्ट्र, जनता र नेकपा बिरुद्धको सुनियोजित प्रपञ्च हो भन्ने कुरा नेकपाका सबै सदस्यहरुले बुझ्नुपर्दछ ।’

भट्टराईको स्टाटस

तत्कालीन माओवादी र सात दलका बीचमा भएको सहमतिको जगमा शान्तिपूर्ण जनक्रान्ति, सशस्त्र बिद्रोह अनि बिभिन्न वर्ग र समुदायको आन्दोलनको सफलता, त्यसको विकसित परिणाम सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको निर्माण । नेपाललाई असफल राष्ट्र बनाएर आफ्नो स्वार्थको रोटी सेक्न चाहनेहरुका लागि यो स्वीकार गर्न गार्हो भइरहेको सबैले बुझेकै कुरा हो । त्यसमा पनि एमाले र माओवादी बीचको पार्टी एकता र बहुमतको कम्युनिस्ट सरकारले त ती तत्वलाई रिङ्गटा नै छुट्यो । आफ्नो कर्तुत लुकाउन अनि समाजमा अराजकता मच्चाउन आफूले नसक्ने भएपछि सामाजिक प्रतिष्ठा कमाएका सिलेबल मानिसतिर उनीहरुले आँखा लगाए ।

हिम्मतिलो, हठी र मुढी स्वाभावका डा. गोबिन्द केसी उनीहरुको नजरमा परे । डा. केसीको सामाजिक ईज्जत, प्रतिष्ठा र भविष्यका बारेमा उनीहरुलाई कुनै चिन्ता छैन् । छ त केवल डा. केसीलाई दाउमा राखेर समाजमा अराजकता मच्चाउने षड्यन्त्र । षड्यन्त्रका पूजारीहरुलाई लागेको थियो संसदको समितिले गोविन्द केसीका कुनै पनि माग पूरा गर्दैन र त्यही निँहुमा पुन बितण्डा मच्चाउने तर संसदको समितिले डा. केसीसँगका सहमतिका आधारमै चिकित्सा शिक्षा विधेयक अघि बढाएपछि उनीहरु हतप्रभ भए । डा. केसीलाई गुमराहमा राखेर फेरि अनसन बसाए । ती तत्वको त के नै पो जान्छ र ? दुःख पाउने त डा. केसीले नै त हो ।

चिकित्सा शिक्षा विधेयक त बहाना मात्र थियो भन्ने कुरा आज अनसन बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष प्रचण्ड, नेताहरु र नेकपाका बारेमा डा. केसीका मूखबाट बक्न लगाइएका तुच्छ आरोप र घटिया शब्दहरुले स्पस्ट हुन्छ । यो नेपाल राष्ट्र, जनता र नेकपा बिरुद्धको सुनियोजित प्रपञ्च हो भन्ने कुरा नेकपाका सबै सदस्यहरुले बुझ्नुपर्दछ ।

डा. केसीलाई पुन आग्रह गर्दछु विधेयकका बारेमा सही सूचना लिनुहोस्, तपाईंका सबै माग पूरा भएका छन्, यदी कुनै कमी भएमा आउनुहोस्, संगै बसेर छलफल गरौं, राष्ट्र बिरोधी षड्यन्त्रकारीहरुको गोटी नबन्नुहोस्, आफ्नो सामाजिक छवि बचाउनुहोस् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्