बम्जनको आश्रमबाट स्याङतान पक्राउ

Rambahadur Bamjam
लाेकपाटी न्यूज

सिन्धुली, २६ पुस । रामबहादुर बम्जनको आश्रमबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट ईन्द्रबहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुलीस्थित आश्रमबाट प्रहरीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको हो ।

आश्रममा रहेका गोपाल योन्जन पनि स्याङतानसँगै आएको सिन्धुली प्रहरी प्रमुख एसपी रामेश्वर यादव बताए । पक्राउ परेका स्याङतानमाथि सोधपुछ भइरहेको छ ।

सिन्धुपाल्चोकबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले स्याङतानसँग सोधपुछ गरिरहेको जनाइएको छ । प्रहरी पहिलो चरणमा आश्रमबाट हराएका सञ्चलाल वाईवाको अनुसन्धानमा केन्द्रीत रहेको बताइएको छ ।