‘सरकारले गरेका काण्ड ढाकछोप गर्न नमिल्ने छन्’: गगन थापा

gagan Thapa
लाेकपाटी न्यूज

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारले हरेक दुई दिनमा कान्ड गरिरहेको बताएका छन् ।

उनले भने, ‘सुन कान्ड र निर्मला हत्या कान्ड, कर्मचारी कान्डपछि यो सरकारले हरेक दुई दिनमा गलत काम गरिरहेको छ, जुन ढाकछोप गर्न नमिल्ने खालका छन्।’

प्रधानमन्त्री आफैंले ब्रह्मा र विष्णु भएर संसदजस्तो गरिमामय क्षेत्रमा गलत तथ्याकं प्रस्तुत उनको आरोप उनले लगाएका छन् । उनले भने, ‘इतिहासमै बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले सच्याउनै मान्नुभएको छैन । नेपालका सञ्चारमाध्यम, नागरिक समाजलगायत सबै गलत भनेर संसदबाट बोल्न मिल्छ ?’

नेता थापाले सरकारले गरेका कामको मूल्याकंन गर्न कांग्रेसले छाया सरकार बनाउने तयारी भइरहेको बताउदैँ संसद्, न्यायालय, अख्तियार, लोकसेवा आयोग, प्रदेश सभालगायतका संस्थाहरु कब्जामा लिएर काम नगर्दा मुलुकमा संकट आउने बताए ।

‘कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका पूर्ण रुपमा निर्वाह गर्न सकेन त्यसैले सरकार सही बाटोमा हिड्न सकेन भन्नु कहाँ सम्मको मुर्खता हो’, उनले भने, ‘मलुकको तालाचाबी त यही सरकारसँग छ । अनि प्रतिपक्षी कमजोर भयो भन्ने ? हामी संख्यात्मक रुपमा नै कम छौँ । आइतबारको संसद बैठकमा पनि हामीले असहति जनाइरहेका बेला सभामुखज्यूले पेल्नु भयो । लोकतन्त्रमा यस्तो हुनुहुँदैन ।’

सरकार र सत्तासिन पार्टीको संलग्नतामा चिकित्सा शिक्षा विधेयकको मर्म मारेर संसदमा ल्याएको प्रति नेता थापाले आपत्ति जनाएका छन्। विधेयकको मुल भावलाई तोडमोड गर्नु भनेको डा केसीसँग बेइमानी, संसदको बेइमानी र धोका दिएको उनले बताए। यस विधेयकले प्रधानमन्त्री माथि नै नैतिक प्रश्न उठाएका छन्। डा केसीको यतिऔं अनशन भन्नु राष्ट्रिय लज्जाको विषय भएको डा केसीले जानकारी दिए।

डा केसीका माग हिजोका दिनमा पनि कांग्रेसको साथ रहने नेता थापाले बताए। प्रतिपक्षीले केसीको विषयमा एजेन्डा उठाएको् नभएर कांग्रेसले सही कामको साथ दिएको उनले बताए।