किन लगाइन्छ सिन्दुर : यी हुन् वैज्ञानिक कारण

लाेकपाटी न्यूज

काठमाडौं । हिन्दू परम्परा र मान्यता अनुसार हरेक विवाहिता महिलाले आफ्नो सिउँदोमा सिन्दुर लगाउने गर्दछन । महिला विवाहित कि अविवाहित भन्ने छुट्याउने पहिचान पनि हो सिन्दुर ।

यसलाई महिलाले सौभाग्यको प्रतीकको रुपमा आफ्नो शिरमा धारण गर्ने गर्दछन् । आफ्नो पतिको सौभाग्य र सम्मानको रुपमा यो हरेक विवाहित महिलाले लगाउनैपर्ने बाध्यता जस्तै छ हिन्दू संस्कारमा ।

विवाहिता महिला सिउँदोमा यो लगाउँदा आफूलाई गौरवान्वित ठान्दछन् । महिलाले सिउँदोमा लगाउने यो उनीहरुको सधैँ सौभाग्य बनाइ राख्ने मान्यता छ । हिन्दू एक प्राचीन मान्यता अनुसार देवी पार्वतीले आफ्नो पति महादेवको सम्मानको खातिर आफ्नो जीवन आहुती दिएकि थिइन् । जसले गर्दा सिन्दुर देवी पार्वतीको प्रतीकका रुपमा मान्यता पाउदैँ आएको छ ।

हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ ।

किन लगाइन्छ सिन्दुर ?

हिन्दु नारीले सिउँदोमा सिन्दुर लगाउने चलन युगौँदेखि चल्दै आएको छ । सिन्दुर शिरलाई दुई भाग पारेर बीच भागमा लगाइन्छ । यो विन्दु महत्वपूर्ण र संवेदनशील मानिन्छ ।

अहिले विश्वमा हिन्दुहरूको रीतिरिवाज, संस्कृति र भनाइलाई लिएर विश्व नै यसको पछि परेको छ । वैज्ञानिकहरूपछि लाग्नुको मुख्य कारण हिन्दुका हरेक किताब र भनाईहरू वैज्ञानिक अध्ययनबाट पनि पुष्टि हुँदै गएको छ ।

विज्ञानका अनुसार सिन्दुर बेसार र पारोको समिश्रणबाट बनाइएको हुन्छ । पारोको अन्तर्निहीत गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहनाप्रति उत्प्रेरित गर्दछ । यसै कारणले गर्दा एकल तथा अविवाहित महिलाहरुलाई सिन्दुर लगाउन बर्जित गरिएको हो ।

सिन्दुरलाई शरीरको यस्तो भागमा लगाइन्छ जहाँ महिलाहरुको अनुभूतिहरु केन्द्रित हुन्छन्। । पारोले हाम्रो शरीरको तनाव कम गर्न पनि यथेष्ट सहयोग गर्दछ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको छ ।

काँचका चुरासँग जोडिएको वैज्ञानिक कारण

विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ । वास्तवममा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।

 यस कारण लागाइन्छ मंगलसुत्र

मंगलसुत्र लगाउनाले रक्तचाप नियमित हुन्छ भन्ने विश्वास गरिन्छ । हिन्दु महिला धेरै शारिरीक श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित गर्न पनि मंगलसुत्र निकै ठुलो भुमिका हुन्छ ।

अग्रजहरु सल्लाह दिने गर्दछन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको बैज्ञानिक कारण मंगलसुत्र शरीरसँग छोएको हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस भन्ने हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्