कंशकार निलम्वन नहुने, कसरी हुँदैछ छानविन ?

Sugatratna kansakar
लाेकपाटी न्यूज

काठमाडौं, २६ पुस । वाइडबडी विमान खरिद प्रकरणका मूख्य दोषी ठहर गरिएका नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई सरकारले निलम्बन नगर्ने भएको छ ।

संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो । तर, यो प्रकरण अझै लामो अनुसन्धान र छानविन गर्नुपर्ने प्रक्रियाको रहेको जनाउँदै सरकारले तत्काल कंसाकारलाई निलम्बन नगर्ने जनाएको छ ।

संसदको लेखा समितिको उपसमितिले वाइडबडी प्रकरणमा सुगतरत्न मूख्य दोषी रहेको प्रतिवेदन दिएको थियो । कंशकारकै कारण पूर्वमन्त्री र बहालवाला मन्त्री विवादमा आएको भन्दै नेकपाकै नेताहरुले आलोचना गर्दै आएका थिए ।

सरकारले कंशकारलाई मात्र हटाउँदा छानविन प्रक्रिया प्रभावित हुने भन्दै उनलाई निलम्वनबाट रोकेको हो । सरकारले कंशकारलाई निलम्वन गर्नुपर्ने चौतर्फी माग बढिरहेका बेला सरकारले भने तत्काल निलम्वन नगर्ने निर्णय गरेको हो ।