‘रामग्राम स्तुपलाई पर्यटकीय गन्तव्य बनाऔं’

Ramgra, 01
लाेकपाटी न्यूज

पश्चिम नवलपरासी, २६ पुस । टुर ट्रभलका प्रतिनिधि मण्डलले रामग्राम स्तुपको अवलोकन गरेका छन् । १८ देशका प्रतिनिधि मण्डलले पश्चिम नवलपरासीमा रहेको भगवान् गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तुपको अवलोकन गर्नुका साथै जानकारी पनि लिएका थिए ।

अवलोकन टोलीले धार्मिक, पुरातात्विक एवं ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण स्थललाई थप संरक्षण र प्रवद्र्धन गर्नसमेत सुझाव दिएको छ । उनीहरुले अस्थिधातुको महत्वलाई विशेष चासो राख्दै अन्तर्राष्ट्रिय टुर प्याकेजमा रामग्रामलाई पनि प्राथमिकता दिने बताएका थिए ।

नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पहिलोपटक हुन लागेको लुम्बिनी मार्टमा उनीहरु सहभागी हुन आएका हुन् ।

रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले प्रतिनिधि मण्डललाई स्वागत गर्दै स्तुपको बारेमा जानकारी गराएका थिए । नगर प्रमुख गुप्ताले भ्रमण रहेका प्रतिनिधि मण्डलका टोलीलाई स्तुपको चित्र झल्किने मायाको चिनोसमेत प्रदान गरेका छन् ।