गुण्डा नाइके मनाङ्गेको आरोप : ‘प्रहरीले गुण्डागर्दी गर्‍यो’

Dipak Manange
लाेकपाटी न्यूज

काठमाडौं । गुण्डा नाइके राजीव गुरुङ भनिने दीपक मनाङ्गेले नेपाल प्रहरीको मानमर्दन हुने गरी अभिव्यक्ति दिएका छन् । गुण्डा नाइके मनाङ्गेले प्रहरीलाई आफूजस्तै गुण्डा देख्न थालेका छन् । उनले नेपाल प्रहरीको उच्च अधिकारीहरूको नामै लिएर देशका गुण्डाहरू भनेका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा उनले आफूलाई राजनीतिक नेता भएको बताएका छन् । मनाङ्गेले अन्तर्वार्तामा प्रहरीले आफूलाई फसाएर गुण्डागर्दी गरेको गम्भिर आरोपसमेत लगाएका छन् । प्रहरीले मनाङ्गेलाई निगरानीमा राखेपछि उनले प्रहरीमाथि उल्टो आरोप लगाएका हुन् ।

हत्या अभियोगमा सजाए पाएका र सर्वोच्च अदालतको आदेशमा धरौटीमा रिहा भएका मनाङ्गे पछिल्लो समय प्रदेश सभाको सांसद पदको सपथका लागि दौडधुप गरिरहेका छन् । सपथका लागि उनले सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुसमेत गुहार्न थालेका छन् ।

मनाङ्गेले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई पनि भेटेर सपथका लागि लविङ गरेका छन् । मनाङ्गेले ‘रेशम चौधरीले सपथ लिने, मैले किन नपाउने ?’ भन्दै प्रश्न गर्न थालेका छन्। बिगतको आपराधिक छवि सुधार्ने योजनामा रहेका र कालोधन सेतो बनाउने योजना बनाएका मनाङ्गेको कार्यशैली भने पूरानै छ ।

मनाङ्गेको विगतको क्रिमिनल रेकर्डका कारण नेताहरूले साथ दिन हच्किएका छन् । तर, मनाङ्गेले यसै हप्ताभित्र सपथ लिने भनेर जोडबल गरिरहेको एक नेताले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्