यस्तो छ पुस २७ गते शुक्रबारको राशिफल

Rashiphal
लाेकपाटी न्यूज

काठमाडौं, २७ पुस । २०७५ पुस २७ गते शुक्रबारको राशिफल :

मेष

आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

मिथुन

क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पूरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्‍याउनेछ ।

तुला

होशियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । विद्या क्षेत्र सबल रहनेछ ।

कुम्भ

पुजा पाठमा मन जानेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष

मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । शुभ समाचार सुन्न पाइएला । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कर्कट

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । मुद्दा मामिला आइलाग्ने छ ।

कन्या

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

वृश्चिक

विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक झमेलामा परिएला ।

मकर

टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्न सक्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।

मीन

अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

-ज्यो.प. नारायणप्रसाद दुलाल