१५ बर्षीया बालिका माथि सामूहिक बलात्कार

Gang Rape
लाेकपाटी न्यूज

काठमाडौं, २७ पुस । भक्तपुरमा १५ बर्षीया बालिका माथि सामूहिक बलात्कार भएको छ । उदयपुर त्रियुगा घर भई हाल काठमाडौं बस्दै आएकी बालिकामाथि चार जनाले सामूहिक बलात्कार गरेका हुन् ।

मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चारै जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल गट्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की, रौतहट चन्द्रपुर–१ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेका छन्।

पुस २४ गते दिउँसो बालिकालाई आफ्नै कोठामा बोलाएर चारै जनाले सामूहिक बलात्कार गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पोखरेलले बताए