लोकपाटीकर्मी पिठाकोटे सम्मानित

Niraj
लाेकपाटी न्यूज

पर्सा, २७ पुस । लोकपाटीकर्मी निरज पिठाकोटे मगर सम्मानित भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले संस्थागत रुपमा उठाउँदै आएको उद्योग वाणिज्यसँग सम्बन्धित सम्भावना, अवसर र चुनौतीहरुलाई विश्लेषणात्मक तथा रचनात्मक तरिकाले उजागर गरी स्थानीय, सामाजिक सांस्कृतिक र शैक्षिक विकासका लागि महत्वपूर्ण योगदान दिए बापत उनलाई सम्मान गरिएको हो । उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सम्मानपत्र प्रदान गरेका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले आगामी दिनहरुमा पनि पत्रकार पिठाकोटेबाट यस योगदानको अपेक्षा गरेको बताएको छ ।