नेविसंघका पदाधिकारीद्वारा सामूहिक राजीनामा

Nepal Student Union
लाेकपाटी न्यूज

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । यो समाचार आजको नेपाल समाचार पत्रमा छ ।

संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् । महाधिवेशन नगर्ने संघमा बस्न औचित्यहीन भएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । वर्तमान कार्यसमितिले १२औं महाधिवेशन गर्न नसक्ने देखिएपछि निकास दिन राजीनामा गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका छन् ।

नेविसंघको महाधिवेशनको विषयलाई लिएर कांग्रेसका शीर्ष नेताहरुले पनि असन्तुष्टि जाहेर गर्दै आएका छन् । नेविसंघको अधिवेशन रोकिँदा आगामी फागुनमा हुने स्ववियू निर्वाचन प्रभावित हुने विद्यार्थी नेताहरुले चिन्ता गरेका छन् ।