बलात्कार अभियोग : ‘रोनाल्डोको डिएनए परीक्षण’

Cristiano Ronaldo
लाेकपाटी न्यूज

काठमाडौँ, पुस । सन् २००९ मा अमेरिकी एक पूर्वमोडलले आफूमाथि पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उक्त आरोप लगाएपछि रोनाल्डोमाथि अमेरिकी प्रहरीले अनुसन्धान थालेको थियो । यसै क्रममा उनको डीएनए नमूनाका लागि वारेन्ट जारी गरिएको मिडिया रिपोर्टमा उल्लेख छ। रोनाल्डोकै पुर्व प्रेमिका ज्यासमिन लिनार्डले विभिन्न आरोप लगाएकी थिइन् ।

उनले रोनाल्डोलाई झुट्टा र मनोरोगी भनेकी थिइन् । उनले भनेकी थिइन्’ रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसलै जित्न सक्दैन ।’ उनले रोनाल्डोको चरित्रमाथि समेत प्रश्न उठाएकी छिन् ।

बलात्कार आरोपबारे छानबिनका लागि अमेरिकी प्रहरीले सक्रियता देखाएपछि उनको डिएनए नमूना माग गरिएको हो । रोनाल्डोले भने आफूलाई फसाउन खोजिएको र आफूमाथि लागेको आरोप आधारहीन भएको प्रतिक्रिया दिएका थिए ।