‘निर्मलाको भनेर राखेको डिएनएमा शंका छ,’: दुर्गादेवी

nirmina_panta_ama_durga
लाेकपाटी न्यूज

कञ्चनपुर, २८ पुस । प्रहरीले निर्मलाको भनेर राखेको डिएनएमा प्रश्न उठेको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तकी आमाले प्रहरीले लिएको डिएनए निर्मलाकै भएकोमा शंका व्यक्त गरेकी छन्।

पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा प्रहरीका अनेक कमजोरी खुल्दै गइरहेका बेला आमा दुर्गादेवीले निर्मलाको भनेर प्रहरीले राखेको डिएनएमा पनि प्रश्न उठाएकी हुन्।

‘प्रहरीले नै निर्मलाको कपडा धुने, प्रमाण मेटाउने काम गरे,’ उनले भनिन्, ‘उनीहरुले निर्मलाको डिएनए राखेको भन्छन्। तर, हामीलाई निर्मलाको साँचो डिएनए राखेको भन्ने प्रहरीको भनाइमा शंका छ।’

निर्मलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले धेरैलाई पक्राउ गरेको थियो र उनीहरुको डिएन नमिलेको भन्दै छाडेको थियो । निर्मलाकै डिएनए हो होइन भनेर विश्ववस्त हुन दुर्गादेवीले रगत दिएकी छन्। तर, उनका श्रीमान् यज्ञराजको त्यसमा असहमति छ ।

‘निर्मलाका आमाबुवाको रगत लिएर डिएन म्याच गराउन चाहन्छौं भन्ने सबै अधिकारकर्मी र नागरिक समाजको पहिलेदेखिकै माग थियो,’ दुर्गादेवी ले भनिन्, ‘हाम्रो पनि त्यही माग हो। निर्मलाको डिएनए म्याच गराउन मैले रगत दिएकी हुँ। त्यसै अनुसार मैले श्रीमान्लाई पनि रगत दिऊँ भनेकी थिएँ, उनले मानेनन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्