भरतमोहन भेट्न जनार्दन अस्पतालमा

Janardan and Bharat mohan
लाेकपाटी न्यूज

काठमाडौं, २८ पुस । पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीलाई भेट्न नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा अस्पताल पुगेका छन् ।

शनिबार शर्मा भैंसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा पुगेर अधिकारीलाई भेटेका हुन् । भेटपछि शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिएका छन् ।

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको उनले बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइरहेको छ । उनको उपचारमा डा. राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।

Capture Status