यी हात, जसले फर्काए कृष्णको खुशी

लाेकपाटी न्यूज

काठमाडौं, २८ पुस । विद्युत प्राविधिकका रुपमा काम गर्ने रुकुमका २१ बर्षीय कृष्ण वलीका दुवै हात र बायाँ खुट्टा छैनन् । २१ वर्षीय कृष्ण विगत ७ महिनादेखी हात खुट्टा विहिन छन् ।

उनी आफ्नो उपचारको लागि नेपाल तथा भारतका विभिन्न अस्पतालमा धाउने गरेका छन्। विद्युत प्राविधिक पढेका उनी दङको तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए ।

गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैका लागि दुवै हात र एउटा खुट्टा गुमाए ।

कृष्णको जीवनमा आधी हुरी नै चलेपनि अहिले मायाँ गर्नेहरू र बिभिन्न निकायबाट आर्थिक सहयोग पाइराखेका छन्। त्यसै अन्तर्गत सबैलाई नचाउने र सबैलाई हसाउने गायिका भुमिका गिरीले आज सबैलाई भावुक बनाएकी छन् ।

पछिल्लो समय युउटुवमा भाइरल बनेका कृष्ण ओलीको जोडीलाई सहयोग स्वरुप रु पचास हजार हस्तान्तरण गरीकी छन्। यसो त नेपाली गित संगितमा पछिल्लो समय त्यति धेरै आम्दानी हुँदैन । स्टेश र विदेशमा हुने कार्यक्रमबाट जिवन धान्न पनि मुस्किल छ आफ्नो यस्तो अबस्थामा पनि भुमिकाले गरेको सहयोगको सबैले सम्मान र सिको गर्नु जरुरी रहेको छ ।

सहयोग गर्न पाँउदा आफुलाई खुसि लागेको गिरीले बताइन। सहयोग रकम हस्तान्तरण गर्ने बेलामा उनीहरुको पिडा देखेर भुमिकाले भक्कानीएर रोएकी थिइन ।

यस्तै सैघाली खबर डटकम ले पनि कृष्णको त्यो अबस्थामा सहयोगी हात बढाएको छ , सैघाली खबर डटकमको तर्फ बाट कृष्णको उपचारमा सहयोग पुग्ने उदेश्यका साथ रु १५ हजार रकम हस्ताण्तरण गरेको हो ।

यस्तै सैघाली खबरले कृष्ण वलीको युटुवको भिडीयो बाट आउने सम्पुर्ण रकम पनि कृष्णलाई नै दिने निर्णय गरेको छ । यस्तै हाल क्यानडामा रहदै आउनु भएका शकँर बोहराले रु १५ हजार रकम सहयोग गरेका छन ।