एमबिबिएस : भर्ना शुल्कमा निजी कलेजको मनोमानी

medical student
लाेकपाटी न्यूज

काठमाडौं, २९ पुस । चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म लिएर एमबिबिएस पढाउन सकिने व्यवस्था गरेको छ । तर, मेडिकल कलेजहरूले १४ लाखसम्म बढी शुल्क लिएको भेटिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क असुलेको खुलेको छ । गत २६ असोजमा सरकारले एमबिबिएसमा उपत्यकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौंबाहिरका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेसनल मेडिकल कलेजले ५५ लाख ८५ हजार पाँच सय उठाएको भेटिएको हो ।

नेसनलले विद्यार्थीबाट चर्को असुल्दै सरकारलाई नियम मानिरहेको देखाउन दोहोरो बिल बनाउने गरेको पनि सूचना चुहिएको छ । विभिन्न सेवा शीर्षक राखेर सरकारले तोकेभन्दा १४ लाख बढी शुल्क असुलेको पीडित विद्यार्थीले नयाँ पत्रिकालाई बताए । कलेजले दुईथरी बिल बनाउने गरेको पनि उनीहरूको भनाइ छ । नेसनल मेडिकल कलेज यसअघि पनि बढी शुल्क असुलेका कारण विवादमा तानिएको थियो । यन गरेको छैन,’ अग्रवालले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्