जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? (१५ टिप्स्)

warm-cap Baby
तस्वीर स्रोत : गुगल
लाेकपाटी न्यूज

काठमाडौं । देशका सबै भागमा चिसो ह्वात्तै बढेको छ । चिसोका कारण बच्चाहरुमा निमोनिया लगायतका रोगहरु लाग्ने खतरा पनि उत्तिकै बढेको छ ।

जब जाडो मौसम आउँछ, सबै आमा–बाबुको एउटै चिन्ता हुन्छ, ‘बच्चाको स्याहार कसरी गर्ने ?’ सानो उमेरमा बच्चाको स्वास्थ्य राम्रो रह्यो भने युवा अवस्थामा ऊ थप स्वस्थ बन्दै जान्छ ।

हामीले यहाँ बच्चालाई जाडोबाट कसरी बचाउने, बच्चाको स्याहार कसरी गर्ने भन्ने केही टिप्स् उल्लेख गरेका छौं, जुन तपाईंका लागि पनि उपयोगी हुन सक्छ ।

१. जाडो याममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ।

२. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्नुपर्छ ।

३. बच्चालाई रुघा लागेको मान्छेसँग घुलमिल गराउनु हुँदैन ।

४. बासी खानेकुरा खुवाउनु हुँदैन ।

५. चिसो चीज सकेसम्म नदिने र त्यसबाट टाढै राख्ने गर्नुपर्छ ।

६. उमालेको पानी पिउन दिनुपर्छ ।

७. बच्चालाई रुघाखोकी लागे भने केही दिन घरमै आराम गराउनुपर्छ ।

८. बच्चा बस्ने र सुत्ने कोठा सधैं हावा खेल्ने तर न्यानो बनाएर राख्नुपर्छ ।

९. कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट वा गलैंचा ओछ्याउने गर्नुपर्छ ।

१०. घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ।

११. जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन, यसले पसिनाबाट निमोनिया हुने खतरा हुन्छ ।

१२. बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेला–बेला खुवाउनु जरुरी हुन्छ।

१३. सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ।

१४. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।

१५. जाडो हो् वा गर्मी याम, बच्चालाई घरायसी खाना खुवाउनु नै स्वास्थ्यका लागि राम्रो हुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्