हार्दिक पांड्या र केएल राहुल भारतीय टीमबाट निलम्बित

hardik-pandya-and-kl-rahul
लाेकपाटी न्यूज

काठमाडौं । भारतीय क्रिकेटरद्वय हार्दिक पांड्या र केएल राहुललाई एक शोमा महिलामाथि आपत्तिजनक टिप्पणी गरेका कारण टीमबाट निम्लबन गरिएको छ ।

यस निर्णयसँगै यी दुई खेलाडीले शनिबारबाट सुरु हुने अष्ट्रेलियाविरुद्ध हुने वान-डे सिरिजबाट बाहिर राखिएको छ । कमेटी अफ एडमिनिस्ट्रेशन (सिओए)का अध्यक्ष विनोद रायले समाचार एजेन्सी पीटीआईलाई बताए, ‘हार्दिक पांड्या र केएल राहुललाई अनुसन्धानको समयसम्म टीमबाट निलम्बित गरिएको छ ।’

टक शो ‘कफी विथ करण’मा अलराउण्डर हार्दिक र केएल राहुलको कुरालाई महिला विरोधी र ‘सेक्सिस्ट’ बताइएको छ र यसको चर्को आलोचना भएकव छ । त्यसपछि भारतीय क्रिकेट कंट्रोल बोर्ड अर्थात् बीसीसीआईले पांड्या र राहुललाई बुधबार ‘कारण बताउ’ नोटिस जारी गरेको थियो । उक्त नोटिसपछि दुवै खेलाडीले बोर्ड र प्रशासनिक समितिसँग माफी मागेका थिए । आफ्नो विवादित टिप्पणीमाथि हार्दिकले सामाजिक सञ्जालमा पनि माफी मागेका थिए ।