खादा र मालाले देश गरिब बनाउँछ : मूख्यमन्त्री पौडेल

dormani paudel
फाइल फोटो
लाेकपाटी न्यूज

हेटौँडा, २९ पुस । प्रदेश नं ३ का मूख्यमन्त्री डोरमणि पौडेलले औपचारिक कार्यक्रम प्रयोग गरिने विदेशी खादा, फूल तथा मालाले देशलाई गरिब बनाउने बताएका छन् ।

आइतबार हेटौंडामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने, ‘हामी कार्यक्रममा पाहुनालाई स्वागत गर्न विदेशबाट फूल, खादा र माला मगाएर प्रयोग गरिरहेका छौँ । यसले हामीलाई र हाम्रो देशलाई राम्रो गर्दैन, हामीलाई झन गरिब बनाउँछ ।’

औपचारिक कार्यक्रमसँग जोडिएको अर्को प्रसंग कोट्याउँदै मूख्यमन्त्री पौडेलले एउटै विषयमा दशौं जनाले घण्टौँसम्म एउटै कुरा भनिरहने अनि उपस्थितले ताली पिटिरहने काम समयको बर्बादी मात्रै भएको बताए । मूख्यमन्त्री पौडेलले कार्यक्रममा सम्बन्धित वक्ताले आवश्यक कुरा मात्र राख्ने र सम्बोधनको परम्परागत तरिकालाई पनि सच्याउनुपर्ने बताए ।

हेटौंडाको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समयको महत्व बुझिदिन अनुरोध गरे । उनले औपचारिक कार्यक्रममा विदेशी वस्तुहरूको प्रयोग गरेर देशको लाखौँ करोडौं नेपाली मुद्रा बाहिर पठाइनु देशको हितविपरीत भएको पनि बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्