प्रचण्डद्वारा ‘सेताे फरिया’काे विमाेचन

Seto Phariya book
लाेकपाटी न्यूज

काठमाडौं, २९ पुस । साहित्यकार बाबा बस्नेतद्वारा लिखित खण्ड काव्य ‘सेतो फरिया’ विमोचन गरिएको छ ।

आइतबार राजधानीस्थित याक एण्ड यति होटलमा नेपाल देशभक्त गणतन्त्रान्त्रिक मञ्चले गरेको आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बस्नेतको पुस्तक विमोचन गरेका हुन् । करिब चार दशकदेखि साहित्यमा क्रियाशील यो १६ औं कृति हो।

कृतिमा महिला मुक्तिका विषय उठान गरिएको छ ।  बस्नेत लोकपाटीका स्तम्भकार हुन् । 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्