भारतीय राष्ट्रपति कार्यालयले गर्‍यो नेपालीमा ट्वीट

tweet
लाेकपाटी न्यूज

काठमाडौं, २९ पुस । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

भारतको राष्ट्रपति भवनमा शनिबार आयोजित एक कार्यक्रममा उक्त दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । अझ भारतीय राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्याण्डल ‘प्रेजिडेन्ट अफ् इन्डिया’ नेपाली भाषामा पनि ट्वीट गरिएको छ ।

‘नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उहाँले गर्नुभएको योगदान । नेपालको भारतसँगको सम्बन्धको प्रगाढताको लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्नुभयो,’ ट्वीटमा लेखिएको छ ।

सौहार्द सम्बन्धलाई अझ थप मजबुत बनाउन दुई देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने प्रचलन छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्