बायोमेडिकल इन्जिनियरिङ कलेजमा संयुक्त अखिलको प्यानल निर्विरोध

Students
लाेकपाटी न्यूज

काठमाडौं, २९ पुस । पुर्वाञ्चल विश्वविद्यालयअन्तर्गत राजधानीको हाँडीगाउँस्थित वायोमेडिकल इन्जिनियरिङ कलेजको विद्यार्थी काउन्सिलको निर्वाचनमा नेकपा सम्बद्ध संयुक्त प्यानल निर्विरोध निर्वाचित भएको छ ।

निर्वाचन तालिका अनुसार आइतबार मनोनयन पत्र दाखिला गर्ने दिन निर्धारित समय भित्र अनेरास्ववियु (क्रान्तिकारी ) र अनेरास्ववियुको संयुक्त प्यानलको मात्र उम्मेदवारी परेकाले निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

आज कलेज प्राङ्गणमा क्याम्पस प्रमुख एवम् निर्वाचन समितिका संयोजक विनोद श्रीवास्तवले संयुक्त प्यानलका दिपराज बुढाथोकी नेतृत्वको टिमलाई विजेता घोषणा गरेको हुन् ।

बुढाथोकी संयुक्त अखिलको प्यानल अन्तर्गत अखिल (क्रान्तिकारी) सम्बद्ध हुन्। उपसभापति पारस पौडेल अनेरास्ववियु सम्बद्ध हुन्। निर्वाचित हुने अन्यमा सचिव प्रवेश लामिछाने, सह-सचिव कृस्पा बुढामगर र कोषाध्यक्ष रक्षा महत रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्