आयो पुरुषका लागि  गर्भनिरोधक सुई

male-injection
लाेकपाटी न्यूज

काठमाडौं, ३० पुस । महिलाहरुको लागि गर्भनिरोधकको थुप्रै साधनहरु रहेको त हामीलाई थाहा छ तर अहिले भने पुरुषको लागि पनि गर्भनिरोधक सुईको आविस्कार भइसकेको छ । पुरुषहरुको गर्भनिरोधकको रुपमा आविस्कार गरेको सुई एकपटक लगाएपछि वर्ष भरि ढुक्क हुन सकिन्छ ।

भारतीय वैज्ञानिकले पुरुषहरुका लागि एक गर्भनिरोधक सुई विकास गरेका छन् । मुख्य कुरा यो सुई एक पटक लगाएपछि १३ वर्षसम्म तनावमुक्त हुन सकिने भएको छ । भारतीय काउन्सिल अफ मेडिकल रिसर्चले यसको सम्बन्धनका लागि स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट पेस गरिसकेको छ । अब चाँडै नै यो सुई प्रयोगका लागि ‘हरियो झण्डा’ मिल्ने भएको छ ।

पुरुषहरुका लागि एक सुईले नै गर्भनिरोधको काम गर्नेछ । यसको पूर्व प्रयोग समेत भइसकेको जनाइएको छ । स्वास्थ विभागले एक अपील गर्दै यसलाई गलत रुपमा र बदला लिने उद्देश्यले दुरुपयोग हुन नदिन शुरुवातीदेखि सचेतता अपनाएको छ । आइसीएमआरका वैज्ञानिक डा.आर एस शर्माले यसले प्रभावकारी रुपमा काम गर्ने बताएका छन् ।

कसरी काम गर्छ सुईले ?

आईआईटी खरगपुरका एक वैज्ञानिक डाक्टर एस के गुहाले यस इन्जेक्शनमा प्रयोग हुने ड्रग्सको खोजि गरेका थिए । यो एक प्रकारको सिंथेटिक पलिमर हो । सर्जरीमा जुन दुई नसाहरुलाई काटेर यसको उपचार गरिन्थ्यो यो प्रक्रियामा पनि उनै दुई नसामा इंजेक्शन दिइन्छ । जसमा औषधिको मात्रा ७० एमएल हुनेछ ।

उनले सुई लगाएपछि नेगेटिभ चार्ज हुने र यसले गर्भ रोक्ने बताएका छन् । यो सुई शुरुमा जनावरमा परीक्षण गरिएको र पछि मानिसमा पनि परीक्षण गरी सफलता हात मिलेको बताएका छन् ।

यो रिपोर्ट स्वास्थ्य मन्त्रालय र ड्रग्स कन्ट्रोलर आफ इण्डियालाई बुझाएको डाक्टर शर्माले बताएका छन् । उनले अब एक कदम अगाडि बढेर थप अर्का काम गर्ने तयारी रहेको समेत बताएका छन् ।

उनले यो सुई लगाएपछि फेरि कसैले सन्तान उत्पादन गर्न चाहे विर्यलाई सन्तान उत्पादनका लागि योग्य बनाउन सकिन्छ या सकिँदैन भन्ने विषयमा खोज अनुसन्धान अगाडि बढिसकेको बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्