वाइडबडीबारे छानविन गर्न सर्वदलीय समिति बनाउनुपर्छ : डा. भट्टराई

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

काठमाडौं, २ माघ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वाइडबडी खरिद प्रकरणबारे विस्तृत रुपमा छानविन हुनुपर्ने माग राखेका छन् ।

बुधबार पार्टीले गरेको अन्तरक्रियामा डा. भट्टराईले उपसमितिहरुले सिमित दायराभित्र रहेर मात्रै छानविन गर्ने भएकाले दोषीलाई कारवाही हुन नसक्ने बताएका हुन् । उनले भने, ‘अहिले संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन गरेर प्रतिवेदन बुझाएको छ भने संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले पनि छानविन गरिरहेको छ । उपसमितिहरुले सिमित दायराभित्र रहेर मात्रै छानविन गर्ने भएकाले सर्वदलीय अधिकार सम्पन्न समिति बनाएर छानविन गर्न माग गर्दछु ।’

उनले विमान खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै सरकारले त्यसबारे छानविन गर्न ढिला गर्न नहुने तर्क राखे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्