थवाङमा वर्षमान पुनको भव्य स्वागत (फोटोफिचर)

Barshanman03
लाेकपाटी न्यूज

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’लाई रोल्पामा भव्य स्वागत गरिएको छ । उनी केही दिनदेखि रोल्पामै छन् । यस अवधिमा मन्त्री पुनले जिल्लामा भएका विभिन्न कार्यक्रममा सहभागी भए । मन्त्रीसँगै पूर्वसभामुख ओनसारी घर्ती मगरपनि रोल्पामै छिन् ।

यसैबीच बुधबार मन्त्री पुन माडीचौरमा आयोजना गरिएको माघी महोत्सवमा सहभागि भएका थिए । बिहीबार उनी उत्तरी रोल्पाको थवाङ गाउँपालिकाले आयोजना गरेको प्रथम थबाङ गाउँपालिका कप तथा माघी महोत्सवमा सहभागी भएका छन् । उनले रोल्पा जिल्लाको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

शालिन र भद्र नेताको रुपमा चिनिएका मन्त्री पुनलाई रोल्पालीहरुले भव्य स्वागत गरेका केही फोटो तल प्रस्तुत गरिएको छ ।

Barshanman01

Barshanman02

Barshaman in Rolpa

Barshaman in Rolpa02

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्