‘चीन-अमेरिका विवाद सुल्झिसकेको छैन’

Larry Kudlow
लाेकपाटी न्यूज

५ माघ । ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले चीन–अमेरिकाबीच रहेको व्यापार विवाद वार्ताबाट सकारात्मक दिशामा गएको तर समस्याको ‘ब्रेक थ्रु’ भइनसकेको बताएका छन् ।

‘हामीले बेइजिङमा भएको उप–मन्त्रीस्तरीय वार्ताबाट चीन विवादमा केही प्रगति गरेका छौँ,’ राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा राष्ट्रिय आर्थिक परिषद्का निर्देशक कुड्लाले अमेरिकी टेलिभिजन फक्स विजिनेसलाई बताएको उक्त सञ्चारमाध्यमले जनाएको छ । उनले पूर्णरुपमा चीन-अमेरिका व्यापार विवाद सुल्झिनसकेको बताए ।

‘केही पनि समाधान भएको छैन, कागजमा केही सम्झौता भएको छैन,’ उनले थपे, ‘सहमतिबारे आएका हालैका समाचारहरू सही होइनन् ।’

बेइजिङले विगत पाँच वर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको भन्ने ब्लुमवर्गको समाचारलाई खण्डन गर्नेगरी आएको हो ।

अमेरिकाले व्यापार विवाद सुल्झाउन यसै महिना आफ्नो प्रतिनिधिमण्डललाई बेइजिङ पठाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्