लिपुलेक नेपालबाटै गुम्ने खतरा

lipulekh-Nepal
लाेकपाटी न्यूज

काठमाडौं, ६ माघ । सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूतनीतिक रुपमा असफल भएको सम्बद्ध क्षेत्रका बुद्धिजीवीहरुले टिप्पणी गरेका छन् । कूटनीतिक असफलताले नै लिपुलेकमा भारत चीनले एकलौटी सम्झौता गरेको उनीहरुले बताएका हुन् ।

कुनै पूर्व जानकारी नदिई भारत र चीनले नेपाली भू–भागबारे सम्झौता गर्दा पनि मौन बस्नु नेपालको कूटनीतिक असफलता रहेको उनीहरुको ठम्याई छ । पहिले भएको सम्झौतासमेत सरकार कार्यान्वयन नसकेको उनीहरुको आरोप छ ।

अन्तर्राष्ट्रिय कानून विज्ञ वरिष्ठ अधिवक्ता डा. सूर्य ढुङ्गेलले राष्ट्रियता र अखण्डतामा सरकार हिचकिचाउनु कूटनीतिक असफलता भएको बताए । अन्नपूर्ण पोस्टबाट