प्रचण्डले लिए डा. श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी

लाेकपाटी न्यूज

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी प्रा. डा. माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिएका छन् ।

तीनदेखि स्वास्थ्यमा समस्या आएपछि प्रा. डा. श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचारत छन् । अध्यक्ष दाहालले प्रा. डा. श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । चिसोका कारण निमोनिया भएपछि प्रा. डा. श्रेष्ठ अस्पताल भर्ना भएका हुन् ।

अध्यक्ष दाहालले प्रा. डा. श्रेष्ठको स्वास्थ्योपचारमा संलग्न चिकित्सकसँग आवश्यक परामर्शसमेत गरेका थिए ।