राष्ट्रिय क्रिकेट टोलीमा चार नयाँ खेलाडीलाई मौका, शरद टीमबाहिर

Nepali Cricket01
लाेकपाटी न्यूज

काठमाडौं, ६ माघ । नेपालको राष्ट्रिय क्रिकेट टीममा चार युवा खेलाडीले सिनियरले स्थान पाएका छन् ।

यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिजका लागि टीम घोषणा गरिएको छ । टीममा पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहोराले प्रवेश पाएका हुन् ।

पारस खड्का कप्तान र ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टीममा प्रदिप ऐरी र विनोद भण्डारी कायमै रहे । त्यसतै टीममा बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र आरिफ सेख रहेका छन् ।

अस्वस्थताका कारण ब्याट्सम्यान शरद भेषवाकरले भने नाम फिर्ता लिएका छन् । वैकल्पिक खेलाडीमा खेलाडीमा भने ललित भण्डारी, सुसन भारी र विक्रम शोव रहेका छन् । सिरिज खेल्न नेपाली टोली मंगलबार युएई जाँदैछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्