अमेरिकी राष्ट्रपतिमा कमलाको उम्मेदवारी

Kamala Harris01
लाेकपाटी न्यूज

वासिङ्टन, ७ माघ । अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन् । अमेरिकी मूल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिँदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उनले बताएकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देशमार्फत् उनले उम्मेदवारी घोषणा गरेको समाचारमा जनाइएको छ । सन फ्रान्सिस्कोका लागि सन् २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि भएकी उनी दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकी थिइन् । त्यो कार्यकाल उनको २०११ देखि २०१७ सम्म थियो ।

अमेरिकाको अन्त्यधिक जनसंख्या भएको यस राज्यमा उनी कानून कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन् । उनी भारतीय तामिल समुदायकी छोरी हुन् ।

अमेरिकाको इतिहासमा उनी दोस्रो अश्वेत महिला सिनेटर हुन् । पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन थिइन् ।

अमेरिकामा झण्डै २२ महिनापछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्