यसरी शुरु भयो शल्यक्रियामार्फत बच्चा जन्माउने प्रक्रिया

लाेकपाटी न्यूज

काठमाडौं । अप्रेशन गरी बच्चा जन्माउनु अर्थात सी–सेक्सनबाट बच्चा जन्माउनु आजभोलि सामान्य जस्तै भएको छ । यसको बढ्दो प्रयोगले आधुनिक तरिकाभन्दा अगाडिको औषधि र अन्य झन्झटलाई विस्थापित गरेको छ ।

प्राचीन काललाई फर्केर हेर्दा पनि सी–सेक्सनकाे अभ्यास भएको देखिन्छ । प्राचीन सी–सेक्सनबारे इतिहास र साहित्यमा पनि उल्लेख गरिएको छ । तर, कठोर पीडा/तनाव, रक्तश्राव र संक्रमणका कारण कतिपय गर्भवती महिला बच्चा जन्माउँदा मृत्यु शैयामा पुग्थे ।

चेकोलोस्भाकियाका अनुसन्धानकर्ताहरुको एउटा समूहले चेक रिपब्लिकनका राजा जोन दी ब्लाइन्डको दरबारमा सी–सेक्सनमार्फत बच्चा जन्माएकाे  उदाहरण फेला पारेका छन् । जोनकी दोस्री पत्नी बिटराइस अफ बोउरबोन सन् १३३७ को २५ फ्रेबुबरीमा एक मात्र सन्तान डयुक विनसेसलाअस प्रथमलाई जन्माइन् । अनुसन्धानकर्ता प्रमाणित गरेको अभिलेखअनुसार बिटराइटलाई जन्माउँदा झन्डै मृत्यु भएको थियो ।

चेक रिपब्लिकको चाल्स युनिर्भसिटीका अनुसन्धानकर्ता डा. एन्टोनिनले भने ‘बच्चा जन्माउने क्रममा बिटराइटको झन्डै मृत्यु भएको थियो र उनको मृत्यु भएको विश्वास गरियो। बच्चालाई बचाउन शल्यचिकित्सकले आमालाई ब्यूँताए ।’

१४ शताब्दीको चेक रिपब्लिक युरोपेली सिकाईका अनुसार बोहिमिअको दरबारले राम्रा चिकित्सक राखेको हुनुपर्छ र चिकित्सकहरुले उनको शल्यक्रिया गरेको हुनुपर्छ । शल्यक्रियाले उनलाई थप ४६ वर्ष बढि आयु थपेको थियो । दरबारमा बेल्जियमका कूटनीतिज्ञकाे अभिलेखमा ‘ड्युकलाई आमाको कोखबाट निकाल्दा र आमाको निको भएको घाउप्रति बाबुले शल्यक्रिया विधिप्रति देखाएको आश्चर्य लुक्न नसक्ने डा.पारिजेक बताउँछन् ।

‘सो घटना निश्चय नै असाधरण सत्य हुनुपर्छ किनकी राजदरबारका स्वास्थ्य सम्बन्धी सूचना त्यतिबेला सार्वजनिक गर्ने चलन थिएन,’ उनी भन्छन् ,‘त्यो प्रमाण अप्रत्यक्ष भए पनि सी–सेक्सनबाट रानी र उनको छोरा बाँचेको अनुमान गर्न सकिन्छ ।’

चेकको सो घटना भन्दा अगाडि सी-सेक्सन सम्बन्धी अभिलेख सन् १५०० मा स्वीट्जरल्यान्डमा भेटिन्छ । उक्त विधि प्रयोग गरेर सफल शल्यक्रिया दोस्रो शताब्दीमा गरिएको हुनसक्ने केही विद्धानहरुले धार्मिक पुस्तकहरुमा उल्लेख गरेका छन् ।

तर, डा. पारिजेक भने यसबारे आशंका व्यक्त गर्छन् । ‘प्रमाण नभेटिएकोले त्यतिबेला शल्यक्रिया हुन असम्भव छ,’ उनी भन्छन्, ‘ती घटनलाई एडम र इभको कथासँग तुलना गर्न चाहन्छु । त्यसो भए जुलियस सिजर जसको नामबाट सी–सेक्सन बताइएको छ, के उनको यही विधिबाट जन्म भएको होला त ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्