चलचित्र प्रसादको ‘च्यारिटी–शो’

Prasad film
लाेकपाटी न्यूज

काठमाडौं, ११ माघ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ चलचित्र प्रदर्शन भएको छ। सङ्घको सहयोगार्थ नेपाली कथानक चलचित्र प्रसादको च्यारिटी प्रदर्शन भएको हो।

नेपाल चलचित्र कलाकार सङ्घकी कोषाध्यक्ष बिमला केसीको संयोजकत्वमा चलचित्र प्रसादको बुधबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको बीग सिनेमा हलमा च्यारिटी प्रदर्शन भएको हो। ‘च्यारिटी सो’मा समाजका विविध क्षेत्रमा क्रियाशील करीब ३५० व्यक्तिहरु सहभागी थिए ।

चलचित्र प्रसादको च्यारिटी प्रदर्शनबाट उठेको रकम सङ्घको कोषमा नै राखिने र चलचित्रका कलाकारहरुको हकहितका लागि खर्चिने आयोजकले जनाएको छ । सङ्घका अध्यक्ष रामकिशोर बोगटीको केही महिनाअघि दुर्घटनामा परी मृत्यु भएपछि सङ्घले कुनै औपचारिक कार्यक्रम आयोजना गरेको थिएन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्