डा. केसीको पक्षमा सामूहिक अनसन

Dr. Govinda KC
लाेकपाटी न्यूज

सुनसरी, १२ माघ । डा. गोविन्द केसीको समर्थनमा १६ जना युवाले सामुहिक अनशन सुरु गरेका छन्।

संघीय संसदमा शुक्रबार डा. केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि सुनसरीको इटहरीमा लिवरल सोसाइटीका १६ जना युवाले २४ घन्टे अनशन सुरु गरेका हुन्।

डा. केसीको १६ औं अनशनको १८ औं दिन भएको छ । उनले पनि सरकारले आफूसँग सहमति गरेर संसदबाट दुईतिहाइको दम्भ देखाउँदै तीन करोड नेपालीलाई धोका दिएको भन्दै अनशन जारी राख्ने बताएका छन्। निरन्तरको अनशनका कारण डा. केसीको स्वास्थ्य निकै कमजोर भएको छ ।

सरकारको विरोध र डा. केसीको समर्थनमा आज देशभर आन्दोलन, धर्ना तथा अनशन र प्रदर्शनहरु भइरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्