गायिका मिलनको ‘मिलन यात्रा’ सार्वजनिक

milan-newar
लाेकपाटी न्यूज

काठमाडौँ, १२ माघ । गायिका मिलन नेवारको चौँथो गीति एल्बम ‘मिलन यात्रा’ (अडिया) विमोचन भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले आयोजित एक समारोहमा गायिका मिलन नेवारको चौँथो गीति एल्बम ‘मिलन यात्रा’ (अडिया) विमोचन गरेका हुन् ।

सो अवसरमा गृहमन्त्री थापाले नेपालको साहित्य र कला क्षेत्रको विकासमा गायिका नेवारको विशिष्ट योगदान रहेको बताउँदै मुलुकको कला, संस्कृति र गीत–सङ्गीतको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

भारतको आसाममा जन्मेकी गायिका नेवार नेपाली गीत सङ्गीतको प्रवद्र्धनमा दशकौँदेखि सक्रिय छिन् । झन्डै १३ वर्षको उमेरदेखि नै गीत गाउन शुरु गरेकी उनको नेवारको गीती एल्बम मिलन यात्रामा सात गीत रहेका छन् । योगेन्द्रमणि दाहालको शब्द रहेको यस गीतमा राजु सिंहले संगीत दिएका छन् ।

विभिन्न १२ भाषामा दुई हजारभन्दा बढी गीत रेकर्ड गराइसकेकी गायिका नेवार नातिकाजी लोकप्रिय सङ्गीत पुरस्कारलगायत दुई दर्जनभन्दा बढी राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेकी छिन् ।

गायिका नेवारले आफू भारतको आसाममा रहेर पनि नेपालको साङ्गीतिक क्षेत्रको विकासका लागि काम गरिरहेको धारणा व्यक्त गरिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्