‘दूतावासको कुरा सिंहदरबारमा उठाउँछौं’ : जनजाति अगुवा

3
लाेकपाटी न्यूज

अनिस तामाङ । नेपाल मगर संघ युएई शाखाद्धारा आयोजित मगर, थारु लगायतका नेपालीहरुको राष्ट्रिय पर्व माघे संक्रान्ति विशेष संस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल मगर संघ युएई शाखाको अध्यक्ष टंक थापा मगरको सभापतित्व, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष एवं नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष नवीन रोका मगरको प्रमुख अतिथ्य एवं नेपाल मगर संघ युकेका अध्यक्ष नेम थापा मगर, नेपाल आदिबासी जनजाति महासंघ युएईका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ लगायतका विशिष्ट अतिथिहरुको आतिथ्यमा दीप प्रज्वालनको साथमा राष्ट्रिय गान गाउँदै कार्यक्रमको उद्धघाटन गरेका थिए ।

1

निर्धारित समयभन्दा केही समय ढिलो सुरु भएको उक्त कार्यक्रममा नेपाल सरकारको प्रतिनिधिहरु कोही पनि उपस्थिति नदेखेपछि प्रमुख अतिथि नवीन रोका मगरले युएई दुतावाससँग असन्तुष्टि व्यक्त गरेका थिए । उनले भने, ‘आज मैले नेपाल सरकारका कुटनीतिक निकायका प्रतिनिधिहरु नदेखेको हो कि नआउनु भएको हो ? यदि आउनु भएको छ भने तपाईंहरुलाई धन्यवाद, अदि आउनु भएको छैन भने किन आउनु भएन ? नेपाल सरकारका कुटनीतिक निकायको काम के हो ? यो सवाल सिंहदरबारमा उठ्ने छ ।’

‘यसरी आदिबासी जनजातिहरुको चाडपर्वलाई अपमान गर्ने, आत्मसाथ नगर्ने, यो हुन सक्दैन’ उनले भने, ‘सिङ्गो देशको प्रतिनिधित्व गरेर आएपछि यहाँ रहेका सबै जातजातिलाई समान ढंगले हेर्नुपर्छ । यदि विभेदको नजरले हेरिन्छ भने मान्य हुँदैन ।’ साथै उनले मगर लगायतका आदिबासी जनजातिहरुको लडाइँ कुनै जाति विशेषसँग नभई सिंहदरबारसँग रहेको प्रष्ट पारेको छ ।

4

कार्यक्रममा मगर संघ युकेका अध्यक्ष नेम मगर, नेपाल आदिबासी जनजाति महासंघ युएईका पुर्व अध्यक्ष डेरराज तमु, नेपाल आदिबासी जनजाति महासंघ युएईकै बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ लगायतले शुभकामना मनतव्य राखेका थिए । औपचारिक कार्यक्रम सकेसंगै अनौपचारिक कार्यक्रम सुरु भएको उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित लोक दोहोरी नायिका रीना थापा मगरले नृत्य प्रस्तुत गरेर कार्यक्रमको माहोललाई संगीतमय बनाएकी थिइन् ।

कार्यक्रममा मगरहरुको जातीय, धार्मिक संस्कृतिहरुले झल्किने विभिन्न प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको अन्तिममा नेपाल मगर संघ युएई शाखामा रहेर विभिन्न क्षेत्रमा सामाजिक योगदान दिने व्यक्तिहरु लगायत कलाकारहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्