‘राजा फालियो, अब कम्युनिष्ट फाल्छौं’ : सभापति देउवा

Sher-Bahadur-Deuba
लाेकपाटी न्यूज

सिन्धुली, १३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् ।

शनिबार सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३, ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउँदै सरकारकाविरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी उनले दिएका छन् ।

सरकारले सदनबाट जबर्जस्ती रुपमा चिकित्सा शिक्षा विधेयक पास गरेकोमा आक्रोश पोख्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सरकारको यो कदम अधिनायकवादको एउटा उदाहरण भएको दावी गरे ।

त्यसको खिलापमा नेपाली कांग्रेस सदन र सडकबाट सशक्त रुपमा लड्ने चेतावनी दिँदै कांग्रेसकै नेतृत्वमा राजा हटाएको र अब हटाउनुपर्ने पालो कम्युनिस्टको आएको उनले चेतावनी दिए ।