सीता दाहालकाे स्वास्थ्यमा उल्लेख्य सुधार

Seeta Dahal01
लाेकपाटी न्यूज

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

गतसाता रुघाखोकी तथा ज्वरोको संक्रमण देखिएपछि ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएकी सीता दाहाललाई आइतबार आइसीयूबाट वार्डमा सारिएको छ । उनको स्वास्थ्य सामान्य रहेको पारिवारीक स्रोतले जनाएको छ । ज्वरो पूर्णरुपमा नियन्त्रणमा आइसकेको चिकित्सकहरुले बताएका छन् ।

उनको स्वास्थ्य परीक्षणपछि सोमबार डिस्चार्ज हुने सक्ने बताइएको छ । यसैबीच अध्यक्ष प्रचण्ड पत्नी दाहाललाई भेट्न सुमेरु अस्पताल पुगेका छन् । उनले उपचारमा संलग्न चिकित्सकहरुसँग पत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।