युएईविरुद्ध नेपालको घातक बलिङ, ६ ओभरमा मात्र दुई रन

Nepali cricket01
लाेकपाटी न्यूज

काठमाडौं‌, १४ माघ । युएईमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले शानदार बलिङको शुरुआत गरेको छ ।

युएईले ६ ओभर खेल्दा १ विकेट गुमाएर मात्र २ रन बनाएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट हात पारेका हुन् ।

उनले तेस्रो ओभरको पाँचौ बलमा आस्फाक अहमदलाई पेभेलियनको बाटो देखाएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्