युएईविरुद्ध पारसको अर्धशतक

parash khadka
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालका कप्तान पारस खड्काले अर्धशतक बनाएका छन् । यो कप्तान खड्काको दोस्रो एक दिवसीय अर्धशतक हो ।

सोमबार टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित पचास ओभरमा दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । लक्ष्य पछ्याउने क्रममा कप्तान खड्काले ५० बलको सामना गर्दै पचास रन बनाएर खेलिरहेका छन् । त्यसक्रममा उनले ९ चौका हिर्काएका छन् ।

अहिले नेपाल ९९-३ को अवस्थामा छ । कप्तान खड्कालाई सन्दीप जोराले क्रिजमा साथ दिएका छन् । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्ल ३१ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्