कञ्चनपुर बन्दले जन-जीवन प्रभावित

kanchanpur
लाेकपाटी न्यूज

कञ्चनपुर, १६ माघ । कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।

सरकारी स्वामित्व रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै विद्यार्थी सङ्गठनले कञ्चनपुर बन्द गरेका हुन् । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि उनीहरुले मङ्गलबारदेखि बन्दको घोषणा गरेका हुन् ।

बन्दका कारण बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन् भने भीमदत्तनगर बजार, शैक्षिक सङ्घसंस्था, उद्योग कलकारखानालगायतको कामकाजसमेत ठप्प बनेको छ ।

महेन्द्रनगर नगर विकास समितिबाट भाडाका नाममा बजारको गुरुयोजना नै मिचेर सयौँ पक्की संरचना बनेपछि यहाँका विद्यार्थी र युवा सङ्घ÷सङ्गठन त्यसको विरोधमा उत्रेका हुन् । अवैध संरचना भत्काउन नमानेपछि आन्दोलन गर्नु परेको नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले बताए । बन्दका कारण सयौँ यात्रुहरु पूर्वपश्चिम राजमार्गमा अलपत्र छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्