युएईविरुद्ध सन्दीप जोराको अर्धशतक

Sandeep Jora01
लाेकपाटी न्यूज

काठमाडौं, १७ माघ । नेपाली युवा ब्याट्सम्यान सन्दीप जोराले युएईविरुद्धको पहिलो टी-ट्वान्टी खेलमा अर्धशतक प्रहार गरेका छन् ।

बिहीबार घरेलु टोलीविरुद्ध जोराले ४२ बलमा अर्धशतक प्रहार गरेका हुन् । त्यसक्रममा उनले ३ चौका र १ छक्का हिर्काए । यो उनको डेब्यू खेल हो ।

नेपालका शुरुआती ब्याट्सम्यानले खासै रन जोड्न नसक्दा सन्दीपले नेपालको इनिङ उकासे । यसअघि नेपालका लागि कप्तान पारस खड्काले २५ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन जोडे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्