६३ नट आउट : दि फिफा टुर्नामेन्ट सम्पन्न

63 notout01
लाेकपाटी न्यूज

काठमाडौं । कोल म्यानेजमेन्ट प्राइभेट लिमिटेडद्वारा आयोजित ‘६३ नट आउट : दि फिफा टुर्नामेन्ट’ नामक नेपालकै सर्वाधिक ठूलो फिफा प्रतियोगिता माघ १६ गते शहिद दिवसको दिन सम्पन्न भएको छ ।

प्रतियोगिताको विषयवस्तुसँग मेल खाने हुँदा प्रतियोगिताको अन्तिम चरण शहिद दिवसको दिन आयोजना गरिएको बताइएको छ । सो कार्यक्रम पोखरा भाटभटेनीस्थित पोखरा स्काई स्पोर्त्ट्समा आयोजना गरिएको थियो । पोखराकै युवाहरु द्वारा आयोजित सो प्रतियोगितामा पोखरा, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल र विराटनगर गरी ७ शहरबाट ३२ प्रतियोगी छनौट गरेर पोखरामा ल्याइएको थियो ।

सो प्रतियोगितामा काठमाडौंका समिर गुरुङ प्रथम र पोखराका राजन लामा द्वितीय भएका थिए । प्रथम हुनेले आयोजकको तर्फबाट रु. ६४ हजार रूपैयाँ र दोस्रो स्थान हासिल गर्नेले ४० हजार रूपैयाँ पाएका थिए । उत्कृष्ट १६ सम्म पुग्ने सबैलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो । आरम्भ फाउन्डेशन नामक संस्थासँग आबद्ध भएर प्रवेश शुल्कको ६.३% रकम सो संस्थालाई दिइने आयोजकले जनाएको छ । आरम्भ फाउन्डेशन हाल देशभरका विद्यालय तथा कलेज छोड्न बाध्य भएका विद्यार्थीहरुको पुन:स्थापनाका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्