प्रकाण्ड पुत्र पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, १८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माका पुत्र नरेन्द्र तीन थान गोलीसहित पक्राउ परेका छन् । उनी यति एयरलाइन्सको उडानबाट काठमाडौं जाने क्रममा विराटनगर विमानस्थलमा पक्राउ परेका हुन्।

प्रकाण्डका छोरा विराटनगरबाट बिहीबार साँझ गोलीसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका अनुसार प्रकाण्डका २७ वर्षीय छोरा नरेन्द्र विश्वकर्मालाई पक्राउ गरिएको हो । कालिकोट घर भएका नरेन्द्रको साथबाट नाइन एम एम पेस्तोलमा लोड हुने तीन थान गोलीपनि बरामद भएको प्हरीले बताएकोे छ ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि नरेन्द्र पक्राउ परेको बताए । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार पक्राउ परेका नरेन्द्रलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।