नेपाल भर्सेस् युएई : सोमपालको घातक बलिङ, नेपाललाई दोस्रो सफलता

Sompal Kami01
लाेकपाटी न्यूज

काठमाडौं, १८ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले पहिले बलिङ गरिरहेको नेपालले दोस्रो सफलता हात पारेको छ ।

शुक्रबार दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपालका लागि दुवै विकेट सोमपाल कामीले दिलाएका हुन् । उनले खेलको पहिलो ओभरमा असफा अहमदलाई पेभेलियनको बाटो देखाए । त्यस्तै खेलको तेस्रो तथा व्यक्तिगत दोस्रो ओभरमा कामीले गुलाम सब्बारलाई विकेटकिपर प्रदीप ऐरीको हातबाट क्याच गराए ।

तीन खेलको टी-ट्वान्टी सिरिजअन्तर्गतको बिहीबारको पहिलो खेल नेपालले २१ रनले गुमाएको छ । सिरिजमा लय समात्न आज नेपालले जित्नैपर्ने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्