नेविसंघले गर्‍यो तोडफोड र आगजनी

gadi-aagalagi
लाेकपाटी न्यूज

पोखरा १९ माघ । सरकारविरुद्ध आन्दोलनमा उत्रिएका नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पोखरामा एक सरकारी गाडीमा आगजनी गरेका छन् ।

पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा नेविसंघका कार्यकर्ताले विहान पेट्रोल छर्केर आगो लगाएका हुन् । प्रत्यक्षदर्शीका अनुसार साढे नौ बजे स्कुटरमा आएका नेविसंघका दुई कार्यकर्ताले सो गाडीमा आगजनी गरेका हुन् । नेविसंघका कार्यकर्ताले पेट्रोल छर्केर आगो लगाएको गाडी पूर्ण रुपमा जलेको छ ।

नेविसंघले चलाइरहेको सरकारविरोधी आन्दोलनका क्रममा शनिबार गुडिरहेको सरकारी गाडी कार्यकर्ताको निशानामा परेको हो। स्थानीयले दिएको हुलिया र जानकारीका आधारमा उनिहरुको खोजी तिव्र बनाइएको कास्की प्रहरीले जनाएको छ ।