सडक निर्माणको अवस्थाप्रति विकास तथा प्रविधि समिति असन्तुष्ट

लाेकपाटी न्यूज

नीरज पिठाकोटे

विरगञ्ज, १९ माघ । तराईको विकासको मेरुदण्ड तथा जीवन रेखाको रूपमा लिइएको राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकको निर्माणको गति सुस्त भएकोमा संसदीय समिति अन्तर्गतको विकास तथा पूर्वाधार समितिले असन्तुष्टि व्यक्त गरेको छ ।

हुलाकी सडक तथा पुल निर्माणको विद्यमान अवस्थाको बारेमा अनुगमन गर्न आएको संसदीय समीति अन्र्तगतको विकास तथा प्रविधि समितिले पर्सामा आयोजना गरेको कार्यक्रममा आएको विषयहरु अत्यन्त गैरजिम्मेवारपूर्ण रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

समितिका सभापति कल्याणी खड्काले हुलाकी सडक राष्ट्रिय गौरवको आयोजना भएपनि अभिभावकविहीन अवस्थामा र गैरजिम्मेवारीपूर्ण तरिकाले सञ्चालन भइरहेको हुँदा निकै आश्चार्य लागेको बताईन् । उनले भनिन्, “हाम्रो समितिले राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजना गैरजिम्मवारी अवस्थामा होला भनेर अपेक्षा गरेको थिएन, राष्ट्रिय गौरवको आयोजनाकै यो हालत छ भने, अरु कार्यालयको अवस्था कस्तो होला ?”

शुक्रवारदेखि खड्काको नेतृत्त्वमा संसदीय समितिका सदस्यहरूले स्थलगत निरीक्षण शुरु गरेका छन् । अनुगमन निरीक्षण अघि शुक्रवार वीरगञ्जमा आयोजित अन्तत्र्रिmयामा पाएको जानकारीले नै सरकार, ठेकेदार र आयोजनाका कर्मचारीहरू सबै लापर्वाह एवं गैरजिम्मेवार बनेको सभापति खड्काले बताइन् । उनले संसद्मा रहँदा आपूmले सुनेको अवस्थाभन्दा पनि हुलाकी सडक कठिन अवस्थाबाट गुज्रिरहेको बताइन् ।

समितिले सरकारको नीतिगत समस्या होस या ठेकेदारबाट भएको गल्ती होस सबैलाई बुझेर समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँदै सार्वजनिक खरिद ऐनले विकास निर्माणमा केही प्रभाव पारेकोले त्यसलाई परिमार्जन गर्न पनि समितिले निर्देशन दिएको बताइन् । उनले विकास निर्माणमा भएका अनियमितताको बारेमा व्यक्तिगत रुपमा पनि उजुरी दिन सकिने व्यवस्था भएकोले नागरिक तहबाट पनि त्यस्ता अनियमितता र ढिलासुस्तीको खबरदारी गर्नुपर्नेमा जोड दिईन् ।

समितिका सदस्य एवं पूर्व सहरी विकास मन्त्री प्रभु साहले राष्ट्रिय गौरवको हुलाकी सडक व्यवस्थित र उद्देश्यलक्षित होस् भन्ने अभिप्रायले प्रदेश २ लाई प्रथामिकतामा राखेर स्थलगत अवलोकन शुरु गरिएको बताए । उनले पर्सा, बारा, रौतहटमा देखिएको समस्या समाधानको प्रयास रहने बताए । हुलाकी सडक आयोजना, पर्साका कार्यालय प्रमुख अनौठालाल पटेलले पर्सा, बारा, रौतहट र चितवन गरी चार जिल्लामा हुलाकी सडकको अवस्थाबारे समितिका सदस्यहरूलाई जानकारी गराउदै पर्सामा ६० किलोमिटर, बारामा ३६ किमी, रौतहटमा २० किमी सडक निर्माणको काम भइरहेको बताए ।

यसैगरी, उनले पर्सा, बारा, रौतहटमा १८ वटा पुल निर्माण भइसकेको, ९ वटा पुल बनिरहेको र ७ वटा पुलको निर्माण शुरु नभएको जानकारी गराए ।  थुप्रै ठाउँमा मुआब्जाको समस्या रहेको र सरकारले वार्षिक रु ५ करोड मात्र मुआब्जाको लागि बजेट विनियोजन गरेकोले समस्या समाधान हुन नसकेको उनकाे भनाइ छ । उनले यथावस्थामा अर्बौं रुपैयाँ मुआब्जामा मात्र खर्च हुने बताए । चितवनमा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण काम शुरु नभएको र आयोजनाको काममा भने बजेट अभाव नरहेको उनको भनाइ थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले हुलाकी सडकको जग्गा अधिग्रहणमा कतिपय स्थानमा मुआब्जाका कारण समस्या देखिएको र कतिपय स्थानमा मुआब्जा दिने नीति नभएपनि पाउनुपर्ने स्थानीयको अडानले समस्या भएको बताए ।

हुलाकी सडकमा पर्ने पर्साको बहुअर्वाभाठ्ठा मुआब्जा, सुवर्णवपुरको ऐलानी जग्गालाई पछि व्यक्तिको नाममा लालपूर्जा वितरण गरेपछि देखापरेको मुआब्जा समस्या, स्थानीय तहहरुको सीमा विवादका कारण निर्माण सामग्री उत्खनन्मा देखिएको समस्या तथा हुलाकी सडक आयोजनाको कार्यालय वीरगन्जमा हुँदाहुँदै पनि प्राविधिक जानकारीको लागि काठमाडौं र्काालयमै सम्पर्क गर्नुपर्ने बाध्यताले पनि समस्या भएको उनकाे बुझाइ छ ।

पुरानो तिलावे पुल बन्द गरेर नयाँ पुलको निर्माण गर्नुपर्ने बताउँदै डाइभर्सनका लागि ठेकेदार र आयोजना कार्यालय दुवै जिम्मेवाररूपमा प्रस्तुत नहुँदा पुलको काम थाती रहेको अधिकारी  भट्टराईले बताए ।

नेकपा, पर्साका कार्यालय सचिव गङ्गा खड्काले हुलाकी सडक निर्माणको क्रममा ठोरी गाउँपालिकाको बखरी खोला (ओडार खोलाले परिचित) मा ५ वर्षदेखि निर्मित पुल सञ्चालनमा आउन नसकेको बताए । उनले रु ५ करोडको लागतमा निर्माण भएको सो पुल खोलाभन्दा होचो र नम्बरी जमीनमा निर्माण भएकोले अहिलेसम्म समस्याग्रस्त रहेको जानकारी गराए ।

उनले यथावस्थामा सो पुलबाट जोखिम हुन सक्नेतर्फ समितिका सदस्यहरूको ध्यानाकर्षण गराउदै स्थलगत निरीक्षणका लागि समेत अनुरोध गरे । कल्याणी खड्काको नेतृत्वमा प्रभु साह, सरला यादव, मिनाक्षी झा लगायतको विकास तथा प्रविधि समितिका सदस्यहरुको टोलीले शुरु गरेको अनुगमन निरीक्षण बारा, रौतहट, हुदै प्रदेश २ को अन्तिम जिल्ला सप्तरी सम्म अनुगमन गर्ने टोलीका सदस्य प्रभु साहले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्