क-कसले पाए तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड ?

लाेकपाटी न्यूज

धादिङ, १९ माघ । धादिङ, नुवाकोट र रसुवाबाट सुरुभएको तामाङ समुदायको लोक गायन संस्कृति म्हेन्दोमायाँको रक्षा र प्रवद्धनका लागि तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड सम्पन्न भएको छ ।

काठमाडौंस्थित जमलमा रहेको राष्ट्रिय नाचघरमा भएको तेस्रो म्हेन्दोमाया म्युजिक अवार्डमा विभिन्न २५ विधामा कलाकारहरु सम्मानित भए ।

पुरानो र नयाँतर्फका गरी विभिन्न २५ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रम संयोजक बर्लुम्हेन्दो प्रालिका आसिक गोम्बो तामाङले बताए । जसमा नयाँ अवार्ड जीत्ने स्रष्टातर्फ गीतकार, कर्ण बहादुर तामाङ(कवैलिकी छामे), संगीतकार टिका बम्जन( टुनो युनाले), गायक रोम लामा( ढाकै चोली), गायिका जेसुम वाईवा( म्हर्की न्हाली),कोरीयोग्राफर बिजय तामाङ( कवैलिकी छामे), डिरेक्टर जोन राई( ढाकै चोली), मोडेल पुरुष तर्फ रोजन तामाङ( सङ मकै), मोडेल महिला तर्फ मिना तामाङ( म्हेन्दोमाया ब्याटल) रहेका छन् ।

यस्तै पुरानो तर्फ गितकार, बनु लोप्चन- म्हार्की न्हाली, संगीतकार, शैलाप वाईवा- स्यामा गुनेरी, एरेन्जर, पवन वाङ लामा-स्यामा गुनेरी, गायक, युबी मोङ्रेसा- बोमताङ नाम्सा, गायिका, मिना लामा- ढाकै चोली, कोरियोग्राफर, राज किङ वाईबा- सङ मकै, डिरेक्टर, राज किङ वाईबा- म्हारकी न्हाली, महिला तर्फ एन्जिला वाइबा- म्हेन्दोमाया ब्याटल, मोडेल पुरुष तर्फ यान्चु तामाङ- ढाकै चोली रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्