सम्पूर्ण नेपालीमा उमङ्ग छाएको छ : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं, २० माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० सिरिजमा विजेता नेपाली टीमलाई बधाइ दिएका छन् ।

आइतबार साँझ आफ्ना आधिकारिक फेसबुक पेजमा स्टाटस लेख्दै प्रचण्डले नेपाली टीमलाई बधाई दिएका हुन् । यस्तो छ प्रचण्डले दिएको बधाई ।

‘युएइमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा यूएइलाई हराउँदै ऐतिहासिक जीत हासिल गरेकोमा सम्पूर्ण नेपाली क्रिकेट टोलीलाई बधाई दिन चाहन्छु । विश्वस्तरीय प्रतिष्पर्धाहरुमा नेपाली खेलाडीहरुको एकपछि अर्को जीतले सम्पूर्ण नेपालीहरुमा उत्साह र उमङ्ग छाएको छ । आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीहरुको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्दछु ।’