‘आन्दोलनमा गए कांग्रेस समाप्त हुन्छ’

Jhalanath khanal
लाेकपाटी न्यूज

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल कांग्रेस आन्दोलनको बाटोमा गए आफै कमजोर भएर जाने बताएका छन् ।

उनले मुुलुक निर्माणको अभियान छाडेर आन्दोलनमा जानु उसैका लागि प्रत्युपादक हुने चेतावनी दिएका हुन् ।
सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न आग्रह समेत गरे । साथै नेता खनालले स्ववियू निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गरे । उनले कुनै पनि बाहनामा स्ववियु निर्वाचनपछि धकेल्न नहुने बताए ।

कांग्रेसलाई पनि स्ववियु निर्वाचनपछि धकेल्ने प्रयास नगर्न सचेत गराउँदै उनले भने, ‘आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि कांग्रेसले स्ववियु निर्वाचन फागुन १४ गतेबाट पछि सार्ने प्रस्ताव गरेको छ ।’ लोकतान्त्रिक प्रक्रियाबाट भागेर लोकतन्त्र बलियो नहुने उनको भनाई छ ।

वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता तथा कार्यकतालाई आग्रह गरे ।